default_image

2 years ago

January 22, 2022

आहा गोल्डकप- आजबाट क्वार्टरफाइनल खेल हुने

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाइनल सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनलमा नेपाल एपिएफ फुटबल क्लब र विदेशी टोली भुटनिज युथ स्पोर्टस क्लब (बिवाइएससी) अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । पहिलो पटक आहा गोल्ड कप खेल्न लागेको बिवाईएससीले सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । राष्ट्रिय टोलीका पूर्व […]

158 views

0 Bookmark


पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपमा आजबाट क्वाटरफाइनल सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनलमा नेपाल एपिएफ फुटबल क्लब र विदेशी टोली भुटनिज युथ स्पोर्टस क्लब (बिवाइएससी) अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

पहिलो पटक आहा गोल्ड कप खेल्न लागेको बिवाईएससीले सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । राष्ट्रिय टोलीका पूर्व सदस्य प्रलय राजभण्डारीको प्रशिक्षणमा बिवाईएससीले प्रतिस्पर्धा गर्दैछ । केहि वर्षअघि प्रलयकै कप्तानीमा आहा गोल्ड कप खेलेको थियो ।

एपिएफले भने आयोजक सहारालाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो । प्रतियोगिताको अन्तिम प्रि क्वार्टरफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । पुलिसले आइतबार मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

८ ए डिभिजनसहित १० टोलील २० औं संस्करणको आहा गोल्ड कपमा भाग लिएका छन् । माघ १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.