default_image

2 years ago

January 23, 2022

अन्सु फाती : फुटबलको स्वर्गबाट चोटको नर्कसम्म

एजेन्सी – पछिल्लो समय विश्व फुटबलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने खेलाडीमा अन्सु फाती पनि पर्छन् । क्याटलान क्लब बार्सिलोनाका यि युवा फरवार्डले सन् २०१९–२० मा थुप्रै कीर्तिमानहरु तोडेर विश्वलाई चकित पार्दै सनसनी मच्चाउन सफल भए । फातीले मेस्सीको उपस्थितिका बाबजुद उत्कृष्ट प्रदर्शन गरे । खेलमा सरल तर उत्कृष्ट प्रस्तुतिले उनलाई क्याम्प नोउको नयाँ आइडल र […]

63 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय विश्व फुटबलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने खेलाडीमा अन्सु फाती पनि पर्छन् । क्याटलान क्लब बार्सिलोनाका यि युवा फरवार्डले सन् २०१९–२० मा थुप्रै कीर्तिमानहरु तोडेर विश्वलाई चकित पार्दै सनसनी मच्चाउन सफल भए ।

फातीले मेस्सीको उपस्थितिका बाबजुद उत्कृष्ट प्रदर्शन गरे । खेलमा सरल तर उत्कृष्ट प्रस्तुतिले उनलाई क्याम्प नोउको नयाँ आइडल र टोलीको उदाउँदो स्टारको पहिचान दियो । तर बार्सिलोनाकै एकेडेमी ला मासियाका यि स्पेनिस युवा स्टारको विश्व स्टार बन्ने सम्भाव्यतालाई चोटपटकले पटक–पटक रोकेको छ । यसै महिना मैदान फर्केका उनी बिहीबार मात्रै फेरी घाइते हुन पुगेका छन् ।

पछिल्लोपटक नोभेम्बर २०२० मा मेनिस्कसको चोटको पछिल्लो झट्कामा ह्यामस्ट्रिङको चोटले उनी कम्तीमा पनि पुनः दुई महिना मैदान बाहिर रहने पक्का भएको छ । चिकित्सकीय परिक्षणले फातीको देब्रे खुट्टामा ह्यामस्ट्रिङमा चोट लागेको देखाएको छ र अबको केही दिनमा उपचार प्रक्रिया सुरु हुनेछ । जसले उनी करिव दुई महिना बाहिर रहनेछन् ।

यो चोट बार्सिलोनाकै अर्का स्टार औसमाने डेम्बेलेले विगतमा भोगेको जस्तै हो । डेम्बेलेले पनि यसै चोटका कारण आफ्नो बार्सिलोना करिअरलाई सोचेजस्तो उचाइ दिन सकेनन् । फातीको मामलामा के हुन्छ, अहिलेनै भन्न सकिने छैन । सम्भवत उनको शल्यक्रिया नै हुनेछ । नोभेम्बर २०२० मा रियल बेटिसविरुद्धको खेलमा एइसा मन्डीसँग ठोकिन पुग्दा फातीको बायाँ घुँडाको भित्री मेनिस्कस च्यातिएको देखाएको थियो । त्यसपछि शल्यक्रिया नै गर्नुपरेको थियो ।

फाती ११ महिनापछि उनी लेभान्टेविरुद्ध गोल गर्दै खेलमा फर्किएका थिए । उनले चोटबाट पूनरागमन गर्दै यो सिजन ६ खेल खेले । त्यो चोटबाट फर्किएपछि सेल्टा डि भिगोविरुद्ध उनले ह्यामस्ट्रिङमा चोट बोक्दै पुन बाहिरिन पर्यो । जुन चोट अहिले एथलेटिको बिल्वाओविरुद्धको जस्तै हो ।

साउदी अरबमा गत साता भएको स्पेनिस सुपर कोपामा रियल म्याड्रिडविरुद्ध प्रशिक्षक जाभाी हर्नान्डेजले १९ वर्षीय फातीलाई ५५ मिनेट खेलाएर चोटबाट पूनरागमन गराएका थिए । जब उनी सान मामेसबाट बाहिर निस्कँदा यो स्पष्ट थियो कि फाती मानसिक र शारीरिक रुपमा निकै पीडित थिए ।

फाती स्पेनिस ला लिगामा बार्सिलोनाको सबैभन्दा कान्छो गोलकर्ता र क्याम्प नोउमा सुरुवाती ११ मा खेल्ने कान्छो खेलाडीसहित उनको नाममा थुप्रै कीर्तिमान बनिसकेको छ । चोटले उनको प्रगतिलाई सुस्त बनाउँदैछ । उसले चोटकै कारण हालसम्म बार्सिलोनाबाट ६५ खेल गुमाउन बाध्य पारेको छ । तर, २०२७ सम्म बार्सिलोनामा सम्झौता रहेको छ । उनी क्लबको सबैभन्दा धेरै आशा राखेको खेलाडीमा पर्छन् । विश्वकै शीर्ष मध्यको क्लब बार्सिलोनामा सनसनीपूर्ण सुरुवात गर्दै फुटबलको स्वर्गमा रमिरहेका उनी अहिले चोटको नर्कमा संघर्षरत छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.