काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीको आयोजनामा यसै साता सुरु हुने भनिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ ।

कोरोना महामारीको तेस्रो लहर सुरु भएका कारण एन्फाले तत्कालका लागि महिला लिग रोक्ने निर्णय गरेको र सहभागि टोलीलाई पत्र पठाउन लागेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले भने’, अर्को सुचना नभएसम्मका लागि लिग स्थगित भएको छ ।’
८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु गर्ने तयारी भइरहेको थियो । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । धनगढी विजेता र ललिपतुर उपविजेताका रुपमा यो वर्षका लागि राष्ट्रिय महिला लिगमा छनोट भएका थिए ।
गत वर्ष अपराजित रहँदै नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिग जितेको थियो । आर्मी दास्रो भएको थियो । गत वर्ष ७ टोलीले लिगमा प्रतिस्पर्धा गरेका थिए । चौदन्डिगढि पुछारमा रहेर रेलिगेसनमा परेको थियो ।