default_image

2 years ago

January 24, 2022

मौरिससको फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ ।

फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । अलमुताइरीले केही दिनमा नै अन्तिम टोली घोषणा गर्ने सम्भावना छ ।

दर्शकसहित वा विना दर्शक खेल गराउने भन्ने निर्णय लिन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का एन्फा महासचिव तुलाधरले बताए । ‘एक तिहाई दर्शक राख्ने सम्भावनाबारे छलफल भइरहेको छ । तर, जिल्ला प्रशासनसँग समन्वय गरेर दर्शक राखेर वा विना दर्शक गराउने विषयमा निर्णय गर्नैछौं । केहि दिनमा निर्णय गछौं,’ उनले भने ।

माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यति बेला पहिलो पटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.