default_image

2 years ago

January 25, 2022

नेपाल आइपुगेको मौरिससका ४ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मौरिससको ४ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । भ्रमणकारी मौरिससको राष्ट्रिय टोली सोमबार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परिक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मौरिसस टोलीले जनाएको छ । खेलाडीहरु लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्ल्सन अगाथे […]

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मौरिससको ४ खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

भ्रमणकारी मौरिससको राष्ट्रिय टोली सोमबार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परिक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मौरिसस टोलीले जनाएको छ । खेलाडीहरु लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्ल्सन अगाथे र हान्स पटाटेमा संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आइसोलेसनमा रहेको मौरिससले जानकारी दिएको छ ।

मौरिससको टोलीमा दुई जना मात्र गोलरक्षक आएका थिए । त्यसमध्य लोइस मिसेललाई संक्रमण भएको छ । अब टोलीमा केभिन ओब्राएन जान लुइस मात्र गोलरक्षकको रुपमा रहेका छन् । नेपालले पहिलो खेल शनिबार खेल्ने हुनाले संक्रमण भएका ४ खेलाडी खेल्नेमा शंका रहेको छ ।

नेपालले भने आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छैन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विगत एक सातायता सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । हाल प्रारम्भिक छनोटमा ३४ खेलाडी रहेका छन् ।

नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यता मौरिससको टोलीले झन्डै २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । कोरोना महामारीका कारण टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । मौरिससमा कोरोनाकै कारण घरेलु फुटबल पनि ठप्प जस्तै छ ।

माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यति बेला पहिलो पटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

मौरिससको टोलीमा रहेका खेलाडी र अफिसियलबारे जानकारी यहाँ लिनुहोस्

मौरिससविरुद्ध खेल्ने नेपाली टोली हालसम्म यस्तो छ

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.