default_image

2 years ago

January 27, 2022

विश्वकप छनोटमा अष्ट्रेलिया र जापानको सानदार जित

एजेन्सी – एसियाली पावरहाउस अष्ट्रेलिया र जापानले फिफा विश्वकप कतार २०२२ अन्तरगतको एसियाली छनोटको तेस्रो राउन्डमा सानदार जित निकालेका छन् । अष्ट्रेलियाले घरेलु मैदानमा भिएतनामलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाको जितमा जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरे । एमी पार्क मेलवर्नमा बिहीबार भएको एकपक्षीय खेलमा घरेलु […]

191 views

0 Bookmark

एजेन्सी – एसियाली पावरहाउस अष्ट्रेलिया र जापानले फिफा विश्वकप कतार २०२२ अन्तरगतको एसियाली छनोटको तेस्रो राउन्डमा सानदार जित निकालेका छन् ।

अष्ट्रेलियाले घरेलु मैदानमा भिएतनामलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाको जितमा जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरे । एमी पार्क मेलवर्नमा बिहीबार भएको एकपक्षीय खेलमा घरेलु टोली अष्ट्रेलियाले खेलको ३०औं मिनेटमा जेमी म्याकलरेनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोम रोजिकले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा क्रेइग गुडविनले गोल गर्दै अष्ट्रेलियालाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा राइली म्याकग्रीले गोल गर्दै घरेलु टोलीको फराकिलो जित सुनिश्चित गरे । जितसँगै अष्ट्रेलिया समूह ‘बी’ मा ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भियतनाम अंकविहीन हुँदै पुछारमा छ ।

सोही समुहको अर्काे खेलमा जापानले चीनलाई २–० ले पराजित गरेको छ । साइतामा स्टेडियममा घरेलु टोली जापानको जितमा युया ओसाको र जुन्या इटोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

जितसँगै जापान ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित चीन ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यो समूहमा साउदी अरेबिया ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहँदा ओमान ६ खेलबाटै ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.