default_image

2 years ago

January 29, 2022

मनाङलाई हराउँदै एपिएफ आहा रारा च्याम्पियन

विजय नेपाली, पोखरा विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसअघि निर्धारित समयमा एपिएफका युवराज […]

121 views

0 Bookmark

विजय नेपाली, पोखरा

विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

त्यसअघि निर्धारित समयमा एपिएफका युवराज खड्का र रवि थिङले तथा मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल गरे । पोखरा रंगशालामा शनिबार भएको खेलको तेस्रो मिनेटमा राजेश परियारको एकल प्रयासको प्रहार फितलो बन्दा गोलरक्षक युया कुरियामाले सहजै बचाए ।

पाँचौ मिनेटमा कप्तान नविन लामाको फ्रिकिकमा अर्मान्ड विडोउमको क्लोज रेन्जको हेडर सदुपयोग हुन नसक्दा एपिएफ अग्रता लिनबाट चुक्यो । आठौं मिनेटमा आदित्य चौधरीको लामो पासलाई नियन्त्रणमा लिदै गरेको अफिज ओलावालेले गरेको प्रहार आकासियो । १४औं मिनेटमा एपिएफका मणि लामाको क्रसमा विकी तामाङले आँफैले प्रहार गर्नुपर्ने बललाई पास दिदा रवि थिङले प्रहार गर्न सकेनन् ।

२०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । प्रवेश दनुवार र रुपेश केसीबीच तालमेल नमिल्दा रवि थिङलाई लागेको बललाई अर्मान्डले भेटाएपछि दिएको पासमा दुई डिफेन्डरबीचबाट युवराजले दोस्रो बार च्याप्दै सहज गोल गर्न सफल भएका थिए ।

त्यसअघि २४औं मिनेटमा अर्मान्डको हेडरलाई मनाङका गोलरक्षक अशोक बरालले बचाएपनि यो मुभमा अर्मान्ड अफसाइड ठहरिएका थिए । २६औं मिनेटमा विकी तामाङको क्रसलाई दयानन्द सिंहको क्लियरेन्स क्रसबारबाट थोरै बाहिरिदा मनाङको अर्काे संकट टरेको थियो ।

६७औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान बिमल रानाको क्रसमा कसैको निगरानीमा नरहेका दयानन्दले गोलरक्षक युया कुरियामाले भेट्न नसकेको बललाई हेडमार्फत जाली चुमाएका थिए । ८४औं मिनेटमा फ्रान्कलिन कोटे टालाले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रवि थिङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

एपिएफ दोस्रोपटक फाइनलमा प्रवेश गर्दा पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । यसअघि एपिएफ छैटौं संस्करणमा पुलिससँग पराजित भएको थियो । एपिएफसँगको हारसँगै मनाङ भने कीर्तिमानी सातौंपटक उपाधि जित्नबाट वञ्चित बन्यो ।

उपाधिसँगै एपिएफले १० लाख १ हजार रुपैया हात पारेको छ । दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ हात पारेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.