default_image

2 years ago

January 31, 2022

झापा गोल्डकपको तयारी सुरु

हिमाल खरेल, झापा अर्को महिना हुने पाँचौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । झापा गोल्डकपको कार्यसमितिको सोमबार बसेको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ । कोरोनाको तेस्रो लहरले गोल्डकपको […]

92 views

0 Bookmark


हिमाल खरेल, झापा

अर्को महिना हुने पाँचौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । झापा गोल्डकपको कार्यसमितिको सोमबार बसेको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ ।

कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ । संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘हामीले तयारी सुरु गरिसकेका छौँ’, अध्यक्ष बस्नेतले भने, ‘भर्खरै आहा रारा गोल्डकप पनि दर्शकको उपस्थितिमै भएको र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि दर्शकसहित भइरहेकाले झापा गोल्डकप हुनेछ ।’

आयोजक झापा गोल्डकपले आफ्नो टिम झापा ११ फुटबल क्लबको प्रशिक्षण पनि केही दिनमै सुरु गर्ने महासचिव गजेन्द्र पौडेलले बताए ।बैठकले कोषाध्यक्ष कदार गिरीको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । समितिमा दिपेश ढकाल, प्रकाश शिवाकोटी, सजेश शिवाकोटी र सञ्जीव घिमिरे सदस्य रहेका छन् ।

यसैबीच, पाँचौँ संस्करणको झापा गोल्डकपमा थिम गीत र मस्कट तयार हुने भएको छ । गोल्डकपले पहिलोपटक थिम गीत र मस्कट बनाउन लागेको हो । झापाको प्रतिनिधित्व हुनेगरी गीत तयार भइरहेको र केही दिनमै सार्वजनिक हुने बताइएको छ । त्यस्तै, वरिष्ठ कलाकार पवन राजवंशीले झापा गोल्डकपको मस्कट तयार गर्दैछन् ।

जिल्लाको परिचय झल्किने र फुटबल प्रतिनिधित्व हुनगरी मस्कट तयार हुनेछ । यसैबीच, झापा गोल्डकपको पदेन सदस्यको रुपमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष रहने निर्णय गर्दै अध्यक्ष प्रकाश शिवाकोटीलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.