4 years ago
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । श्री भगवतीले शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा श्री भगवतीको जितमा अमित लामाले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्वाइज युनियनका विनोद राईको गोल सान्त्वना बन्यो ।
खेलको छैटौं मिनेटमा नै विनोद राईको गोलबाट ब्वाइज युनियनले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रता पहिलो हाफमै जोगिएन । २७औं मिनेटमा विष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि श्री भगवती खेलमा फर्किएको थियो । निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक अमित लामाले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए । अमित ३३औं मिनेटमा अनुज भण्डारीको स्थानमा मैदान छिरेका थिए ।
यो जितसँगै श्री भगवतीले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो हार बेहोरेको ब्वाइज युनियनको दुई खेलबाट ३ अंक छ । श्री भगवतीले पहिलो खेलमा झम्सीखेल युथ क्लबलाई २–१ ले पराजित गरेको थियो । ब्वाइज युनियनले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई १–० ले हराएको थियो ।
अर्काे खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले लिगमा पहिलो अंक जोडेको हो । बाँसबारी पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले पराजित भएको थियो । टुसाल चर्च ब्वाइजसँग ५–२ ले पराजित भएको थियो ।
यस्तै वीरगन्ज युनाइटेड र नयाँ बस्ती युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । वीरगन्जका कृपाकान्त महतो थारु र विवेक चौधरीले गोल गरे । नयाँ बस्तीका सुमन योङ्या र जीवन मगरले गोल गरे ।
२४औं मिनेटमा कृपाकान्त महतो थारुको गोलबाट वीरगन्जले सुरुवाती अग्रता लिएको थियो । ४४औं मिनेटमा नयाँ बस्तीका सुमन योङ्याले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६४औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँ बस्तीलाई २–१ को अग्रता दिलाए । ८१औं मिनेटमा विवेक चौधरीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।बराबरीपछि वीरगन्जले दुई खेल खेल्दा लिगमा पहिलो अंक जोडेको छ । नयाँ बस्तीको दुई खेलबाट २ अंक पुगेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]