default_image

2 years ago

March 9, 2022

सैनामैना मेयर कप शनिबार सुरु हुने

दिपक न्यौपाने, बुटवल सैनामैना मेयर कप फुटबल प्रतियोगिताको चौथो संस्करण यसै साता सुरु हुने भएको छ । शनिबार सुरु हुने मेयर कप यसपटक भने सालझण्डीको पानबारीमा हुने भएको हो । यसअघिको तीन वटा संस्करण सैनामैना ७ को देवापारमा रहेको जनप्रिय स्पोर्टिङ क्लबको व्यवस्थापनमा आयोजना भएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित […]

98 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

सैनामैना मेयर कप फुटबल प्रतियोगिताको चौथो संस्करण यसै साता सुरु हुने भएको छ । शनिबार सुरु हुने मेयर कप यसपटक भने सालझण्डीको पानबारीमा हुने भएको हो । यसअघिको तीन वटा संस्करण सैनामैना ७ को देवापारमा रहेको जनप्रिय स्पोर्टिङ क्लबको व्यवस्थापनमा आयोजना भएको थियो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित कन्दरा युवा क्लब सालझण्डी पानबारीको आयोजनामा प्रतियोगिता शनिबार सुरु हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । १२ टोलीको सहभागितामा प्रतियोगिता चैत १० गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल कपिलवस्तु ११ र कञ्चन ११ बीच हुनेछ ।

यस पटकको प्रतीयोगितामा कपिलबस्तु ११, कन्चन ११, विश्व शान्ति युवा क्लब सालझण्डी,गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, फर्साटिकर युवा क्लब, सेन्टर कलेज फोर ब्रर्दश नवलपरासी, सौभाग्य युवा क्लब बुटवल , मुर्गिया फुटबल क्लब मुर्गिया,बिपि स्मृती भैरब फुटबल क्लब नवलपरासी, गोर्खा ब्याइज बुटवल , एकता युवा क्लब पिपरीचापा र सितल युथ क्लब सित्लापुरले प्रतिस्पर्धा गर्दैछन् । स्थानिय क्लबहरुलाइ प्रोत्साहन गर्न नगरका विभिन्न ठाँउमा प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले २१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले माण्टेनबाइक साइकल र अन्य विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् । प्रतियोगितामा झण्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सैनामैना नगरपालिका उप प्रमुख विना रानाले खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि नगरले खेलकुद विकास समिति गठन गरि अघि बढेको बताइन् । उनले सैनामैनाका विभिन्न वडामा खेलमैदान निर्माणाधिन अवस्थामा रहेको बताउँदै नगरलाई खेलकुदको हबको रुपमा विकास गर्न जनप्रतिनिधि लागि परेको जनाइन् । सैनामैना खेलकुद विकास समितिका अध्यक्ष अमर लम्सालले यस वर्ष सैनामैनामा विभिन्न खेलहरु भइरहेको बताउँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न समिति लागि रहेको बताए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.