default_image

2 years ago

March 14, 2022

आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]

140 views

0 Bookmark

हिमाल खरेल, झापा

त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पहिलो हाफमै लिएको अग्रतालाई जोगाउँदै आर्मीले उपाधि जितेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । झापा ११ का विमल घर्तीमगरले गोल फर्काएका थिए ।

तीन मिनेटको फरकमा आर्मीले २ गोल खेलमा पकड बनाएको थियो । १८ औं मिनेटमा टेकबहादुरको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं मिनेटमा विपक्षी गोलकिपर विट भइसकेपछि जर्ज प्रिन्सले खाली पोष्टमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।

२४ औं मिनेटमा विमलले झापाका लागि गोल फर्काएका थिए । उर्लिचको क्रसमा विमल हेड गोल गरेका हुन् । प्रतियोगितामा विमलको त्यो पाँचौं गोल हो । यसअघि क्वार्टरफाइनल र सेमिफाइनलमा विमलले समान २ गोल गरेका थिए ।

पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार पाउनेछन् ।

विशाल ‘ए’ लाइभ टाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित

झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो ।

त्रिभुवन आर्मी क्लब र झापा ११ बीच झापा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । झापा ११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटराइकल प्रदान गरिएको थियो ।

विशालले झापा ११ र सिक्किमबीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.