default_image

2 years ago

March 31, 2022

महिला फुटबलमा कीर्तिमानी दर्शक

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडको महिला टिमबीचको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग ‘एल क्लासिको’ लाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । बुधबार राति क्याम्प नोउमा भएको खेललाई ९१ हजार ५ सय ५३ दर्शकले प्रत्यक्ष रंगशालामा हेरेका थिए । यो महिला फुटबल इतिहासमै सबैभन्दा बढी दर्शक हो । यसअघि सन् १९९९ […]

123 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडको महिला टिमबीचको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग ‘एल क्लासिको’ लाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् ।

बुधबार राति क्याम्प नोउमा भएको खेललाई ९१ हजार ५ सय ५३ दर्शकले प्रत्यक्ष रंगशालामा हेरेका थिए । यो महिला फुटबल इतिहासमै सबैभन्दा बढी दर्शक हो ।

यसअघि सन् १९९९ को महिला विश्वकपको फाइनलमा अमेरिका र चीन रोज बाउलमा भिड्दा ९० हजार १ सय ८५ दर्शकले हेरेका थिए । क्लब स्तरमा भने सन् २०१९ मा बार्सिलोना र एटलेटिको म्याड्रिडबीचको खेल ३० हजार ८ सय १४ दर्शकले हेरेका थिए ।

उक्त खेलमा बार्सिलोलना ५–२ ले तथा समग्रमा ८–३ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यो बार्सिलोनाका समर्थक र सामान्यतय महिला फुटबल समर्थकका लाग उत्सवको दिन थियो ।

यो खेल हुनुअघि बार्सिलोनामा वर्षा भएको थियो । खेल अवधिमा मौसममा सुधार आएको थियो । त्यसपछि ठुलो संख्यामा महिला र बालबालिकासहित हजारौ मानिस रंगशालामा छिर्दै आफ्नो टोलीलाई हौसला प्रदान गरे । रंगशाला प्रवेश गर्न समर्थकहरु साँझदेखि नै लामबद्ध भएका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.