3 years ago
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीबाट मिडफिल्डर विशाल राई आउट हुँदा फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पूनरागमन गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ को छनोटको लागि २४ सदस्यीय टोली घोषणा गर्दा विशाल बाहिरिदा नवयुग र विकास टोलीमा फर्किएका हुन् । नेपाली टोलीको बन्द प्रशिक्षण १५ अप्रिलबाट शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नवयुग र विकासले चोटमुक्त भएर गत २५ फागुनमा झापाको बिर्तामोडमा भएको झापा गोल्डकपमा परिवर्तित खेलाडीका रुपमा पूनरागमन गरेका हुन् । विकास झण्डै एक वर्षपछि मैदान फर्केका हुन् । गत वर्ष चैतमा कीर्गिस्तानको ओलम्पिक टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनलाई चोट लागेको थियो । चैत २५ गते रंगशालामै एएफसी कपको छनोटअन्तर्गत श्रीलंका पुलिस क्लब विरुद्ध पनि उनले खेले । त्यसमा पनि उनको चोट थपियो ।
श्रीलंका पुलिससँगको खेलपछि आर्मी टोलीसँग उनी बैंगलरु एफसी खेल्न भारताको गोवा पुगेका थिए । त्यसमा पहिलो हाफपछि भने उनी खेल्नै नसक्ने भए । त्यसबीचमा हेटौंडामा पनि क्लबबाट खेले । फर्केर चितवन एफसीमा आबद्ध भए । चोट ठीक नभएपछि एटिएसएल टियर भइसकेको थाहा पाए । अनि चितवनबाट नाम फिर्ता लिएर उपचारमा लागे ।
नवयुग भने झण्डै ५ महिनापछि मैदान फर्केका हुन् । उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्ट (एमसिएल)मा चोट लागेपछि कात्तिक २६ गते शल्यक्रिया गरिएको थियो । सहिद स्मारक ए डिभिजन लिगको तयारीमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) सँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा नवयुगलाई चोट लागेको थियो । नवयुग सम्मलित टोलीले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । सबै खेल कुवेतमा हुनेछ । नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्दैछ ।
थाइल्यान्ड भ्रमणमा रहेका टोलीबाट टिकेन्द्र थापा (गोलकिपर), आशिष लामा, प्रशान्त अवस्थी, नवीन गुरुङ, नितिन थापा, आकाश बुढामगर, सुदीप गुरुङ र सुवास गुरुङले टोलीमा स्थान बनाउन सकेनन् ।
२४ सदस्यीय नेपाली टोली
किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुस घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी र तेज तामाङ
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]