default_image

3 years ago

March 31, 2022

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप छनोट–२०२२ को प्ले अफको खेलका लागि श्रीलंकाको ब्लु स्टार टोली विहीबार नेपाल आईपुगेको छ ।

नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकाको ब्लु स्टार टोली बिहीबार नेपाल आइपुगेको हो । टोलीलाई मछिन्द्र फुटबल क्लबका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मछिन्द्र र ब्लु स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २२ चैतमा हुनेछ । खेल साँझ ५ बजे हुने छ ।

मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक लिग च्याम्पियन बनेपनि क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोटको मौका गुमाउँदा लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले छनोट चरण खेलेको थियो ।

यसपटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । नेपालबाट मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.