default_image

2 years ago

April 1, 2022

मनाङलाई दमक गोल्डकप उपाधि

उत्तम रिजाल, झापा मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो […]

70 views

0 Bookmark

उत्तम रिजाल, झापा

मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो गोल गरे । ६७ औं मिनेटमा शिशिरले टोलीका लागि दोस्रो गोल गरे । मनाङले उपाधिसहित १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसले ६ लाख ११ हजार रुपैयाँ पायो । विजयी टोलीका मोन्सा फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसका अन्जान राई, उत्कृष्ट डिफेन्डर, मनाङका शिशिर लेखी उत्कृष्ट मिडफिल्डर, पुलिसका नीरकुमार उत्कृष्ट फरवार्ड, मनाङका विशाल सुनार उत्कृष्ट गोलरक्षक र मनाङका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । मनाङका ओलावाल सर्वाधिक गोलकर्ता रहे । उत्कृष्ट र सर्वाधिक गोलकर्ताले समान २१ हजार रुपैयाँ प्राप्त गरे ।

मनाङका पुजन उपरकोटी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले मोटरसाइकल प्राप्त गरे । आयोजक दमक–११ का राहुल लिम्बु उदयीमान खेलाडी बने र उनले माउन्टेनबाइक पाए । चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट प्रदान गरिएको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले पनि मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि संविधानसभा अध्यक्ष सुबास नेम्बाङ्ग, अखिल नेपाल फुट्बल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्बाङ्ग, पूर्व कानून मन्त्री अग्नी खरेल, दमक नगरपालिकाका प्रमुख रोम नाथ ओली, उप–प्रमुख गीता अधिकारी लगायतले पुरस्कार वितरण गरे । दमक खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित अन्तराष्ट्रिय मदन भण्डारी रंगशालामा प्रतियोगिता आयोजना भएको थियो ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.