default_image

2 years ago

April 2, 2022

खेलकुद क्लबलाई निजगढ मेयर गोल्डकप फुटबल उपाधि

निजगढ (हाम्रो खेलकुद) – नेपाल खेलकुद क्लब, रौतहटले निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवजनजागृति युवा क्लब सिमरा बारालाई शनिबार ३—१ ले पराजित गर्दै खेलकुद क्लबले चौथो संस्करणको निजगढ मेयर गोल्डकप जितेको हो । खेलकुद क्लबका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको […]

66 views

0 Bookmark

निजगढ (हाम्रो खेलकुद) – नेपाल खेलकुद क्लब, रौतहटले निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवजनजागृति युवा क्लब सिमरा बारालाई शनिबार ३—१ ले पराजित गर्दै खेलकुद क्लबले चौथो संस्करणको निजगढ मेयर गोल्डकप जितेको हो ।

खेलकुद क्लबका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको खेलकुद क्लबका लागि ३५ औ मिनेटमा फोडे फोफनाले गोल गर्दै अग्रता दोब्बर बनाए । ४२ औ मिनेटमा फोफनाले नै गोल गरेपछि पहिलो हाफमै ३—० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि केहि सृजना गरेको खेलकुद क्लब गोल गर्न भने सफल भएन । नवजनजागृतिकोलागि खेलको ईन्ज्युरी समयमा टोनिस सिनो हाङले एक गोल फर्काए । खेकलदु क्लबले उपाधिसहित १ लाख ५० हजार रुपैंया र नव जनजागृतिले ७५ रुपैंया प्राप्त गर्यो । निजगढका मेयर सुरेश कुमार खनालले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

रौतहटका फोफना फाइनलका म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप् तगरे । निजगढका रविन बस्नेत उत्कृष्ट गोलकिपर, नवजनजागृतिका सागर चौलागाई उत्कृष्ट रक्षक , खेलकुद क्लबका रोशन पुरी उत्कृष्ट मिडफिल्डर, सोही क्लबका म्याक्सवेल उत्कृष्ट फवार्ड र निजगढका संजित धामी उदयीमान खेलाडी घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

निजगढ युवा क्लबको आयोजना र निजगढ फुटबल क्लबको सह आयोजना रहेको प्रतियोगितालाई निजगढ नगरपालिका मुख्य सहयोगी रहेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.