3 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबमाथि पूनरागमन जित निकाल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) ले शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना बलियो बनाएको छ ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तरगत मंगलबार भएको खेलमा आरसिटीले सरस्वती क्लबमाथि २–१ को पूनरागमन जित निकालेको हो । आरसिटीको पूनरागमन जितमा अमर डंगोल र अमृत गुरुङले गोल गरे । सरस्वतीका लागि विक्रम विशुंखेले एक गोल फर्काए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आरसिटी खेलको १०औं मिनेटमा विक्रम विशुंखेको गोलबाट पछि परेको थियो । २५औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा अमृत गुरुङले गोल गर्दै आरसिटीलाई २–१ को पूनरागमन जित दिलाए ।
यो जितसँगै दोस्रो स्थानमा रहेको आरसिटीको १२ खेलबाट २१ अंक पुगेको छ । अब खुमलटार युथ क्लबले अंक गुमाएको अवस्थामा आरसिटी एक खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा हुनेछ । खुमलटारले बुधबार नयाँ वस्ती युथ क्लबसँग खेल्दैछ । खुमलटारको १० खेलबाट १६ अंक रहेको छ ।
आरसिटीसँगको हारसँगै सरस्वतीको यो सिजन शीर्ष डिभिजनमा उक्लने सम्भावना सकिएको छ । तेस्रो स्थानमा रहेको सरस्वतीको १२ खेलबाट १७ अंक रहेको छ ।
चर्च ब्वाइज युनाइटेड लिगको एक खेल बाँकी छँदै ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिसकेको छ । १२औं चरणको खेलमा चर्च ब्वाइजले बाँसबारी क्लबमाथि ५–१ को फराकिलो जित निकालेको छ । चर्च ब्वाइजको जितमा साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे । एक गोल आशिष चौधरीको नाममा रह्यो । बाँसबारीमा सन्जोक धिमालले एक गोल फर्काए ।
शीर्षस्थानमा रहेको चर्च ब्वाइजको १२ खेलबाट २६ अंक पुगेको छ । चर्च ब्वाइजले १२ खेलमा ८ जित र समान दुई बराबरी र हारको नतिजा निकालेको छ । २०६६ सालमा स्थपित चर्च ब्वाइज स्थापनाको १३ वर्षमै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो ।
चर्च ब्वाइजले २०७६ र २०७७ मा ‘सी’ डिभिजन छनोट खेलेको थियो । ‘बी’ डिभिजन खेलेको पहिलो सिजन नै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो । चर्च ब्वाइजले ‘सी’ डिभिजन खेल्नुअघि मोफसलका विभिन्न प्रतियोगिताहरु खेल्दा ३० भन्दा बढी उपाधि जित्न सफल भएको थियो ।
लिगकै अर्काे खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लब टोखालाई ३–१ ले गरेको छ । श्री कुमारीको जितमा निर बहादुर आले, श्रीजन राज गौतम र राज भुषालले गोल गरे । श्री भगवतीका अनुज भण्डारीले एक गोल गरे ।
यो जितसँगै श्री कुमारी १२ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित श्री भगवती १२ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]