3 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मछिन्द्र घरेलु मैदानमा श्रीलंकाको ब्लु स्टार एससीसँग हार बेहोर्दै एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरियो । मंगलबार दशरथ रंगशालामा २-१ ले पराजित भएपछि मछिन्द्रको अन्तर्राष्ट्रिय सहभागिता पहिलो खेलमा नै टुंगिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे । दुवै गोल पहिलो हाफको मध्यतिर भएको थियो । मछिन्द्रका कप्तान सुजल श्रेष्ठले इन्ज्युरी समयमा एक गोल फर्काएपनि सो गोल सान्त्वना मै सिमित बन्यो ।
खेलपछि बोल्दै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए । ‘हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौं । त्यसैको परिणामस्वरूप हार बेहोर्नु पर्यो,’ खेलबारे उनले भने, ‘हामीले विपक्षी खेलाडीबारे अध्ययन गरेका थियौं । नम्बर ९ सर्वाधिक गोलकर्ता भएको र नम्बर १० ले छिटो फ्रिकिक चलाउने गरेको बताएको थिएँ । खेलाडीलाई हाइ अलर्ट बस्न भनेपनि त्यहि गर्न नसक्दा गोल खान पुग्यौं ।’
प्रशिक्षक कटुवालले खेलका लागि आफूले सबैभन्दा बलियो सुरुवाती एघार नै उतारेको बताए । ‘हामीले आफ्नो बलियो सुरुवाती ११ नै उतारेका हौं । सुनिल बललाई लिएर केहि दुविधा थियो । उनले पनि पछिल्लो ५-६ दिन देखि प्रशिक्षण गरेका थिए । हामीले फिजियो सुरज भुषालसँग सल्लाह गरेर नै उनलाई सुरुवातमा खेलाउने निर्णय गरेका हौं,’ कटुवालले थपे ।
प्रशिक्षक कटुवालले अजरबैजानका विंगर नुर्लान नोभ्रुजोभले भने अपेक्षित प्रदर्शन गर्न नसकेको स्पष्ट पारे । ‘पक्कैपनि लिगमा पनि नुर्लानको प्रदर्शन खड्केको थियो । आज पनि ५ यार्डबाट पाएको अवसरमा पनि गोल गर्न सकेनन् । त्यस्तो सहज अवसर सदुपयोग गर्न नसक्दा पराजय भोग्नु नै पर्छ,’ उनले भने ।
‘हामीले विदेशी खेलाडी पनि परिवर्तन गर्न खोजेका थियौं । तर त्यसो गर्न पाइएन,’ उनले भने, ‘नेपाल सुपर लिगका कारण पनि विदेशी खेलाडी हामीले अनुबन्ध गर्न पाएनौं । गोल गर्ने क्षमता भएका विदेशी फरवार्ड नेपालमै थिए । तर एनएसएल हुने नहुने दुविधा हुँदा हामीले अनुबन्ध गर्न असमर्थ रह्यौं,’ कटुवालले थपे ।
प्रशिक्षक कटुवालले एनएसएलका कारण अन्य कुनै असर भने नपरेको बताए । उनले मोफसलका प्रतियोगितामा एएफसीलाई ध्यानमा राख्दै चोट नलाग्ने तरिकाले खेलेको र त्यसले नतिजामा केहि असर परेको जानकारी दिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]