3 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ ।
काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे । चार लाख रुपैयाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।
बाँसबारीका अध्यक्ष थापाले देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुशी लागेको बताए । उनले स्थानीयबासी दिपेश आचार्यको पहलमा हाम्रो यो सहकार्य सम्भव भएको र यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देष्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्ने थपे ।
सिद्धार्थ बैंकका एजीएम पन्तल बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा हामी साह्रै खुशी लागेको बताए । ‘हामी यसरी नै बाँसबारी क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्नेछौं । अहिलेलाई एक वर्षको सम्झौता गरेका छौं । यो सम्झौतालाई आगामी बर्ष पनि निरन्तरता दिएर अगाडि बढ्नेछौं ।’
बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपैयाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो । क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रालि, हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रालि रहेका छन् ।
यस्तै क्लबको कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]