3 years ago
April 7, 2022
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा स्पेनिस महारथी रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ ।
रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। घरेलु टोली चेल्सीविरुद्ध खेलको सुरुवातदेखि नै पकड बनाएको रियललको २१औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले भिनिसियस जुनियरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
२४औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले जर्गिन्होको पासमा हेडरमार्फत गोल गरेका थिए ।
दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई ३–१ ले अघि बढाए । त्यसपछि दुवैतर्फबाट गोलका केही प्रयास भएपनि सदुपयोग हुन नसक्दा रियल विजयी हुन सफल भयो ।
खेलमा पछि परेको घरेलु टोली चेल्सीले रियलको पोस्टमा बढी आक्रमण बुनेपनि चेल्सीको पूर्व गोलरक्षक थिवाउट कोर्टुवा बाधक बने । रियलको रक्षापङ्ति पनि निकै व्यस्त बन्यो । बेन्जेमाको यो सिजन च्याम्पियन्स लिगमा ११औं गोल हो ।
\यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ । २–० को हारले पनि चेल्सी अवे गोलको आधारमा अघि बढ्नेछ । चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]