3 years ago
April 9, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले साउथह्याम्टनमाथि उसकै मैदानमा ६–० को सानदार जित निकालेको हो ।
सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा चेल्सीको फराकिलो जितमा मासन माउन्ट र टिमो वेर्नरले समान दुई तथा मार्काेस अलन्सो र कार्ए हाभर्टजले समान एक गोल गरे । पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
खेलको आठौं मिनेटमा मार्काेस अलन्सोको गोलबाट चेल्सीले खेलमा गोलको खाता खोलेको थियो । यो श्रृंखला ५४औं मिनेटसम्म रह्यो । अलन्सोले मासन माउन्टको पासमा गोल गरेका थिए । १६औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
२१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई खेलमा ३–० ले अघि बढाए । ४१औं मिनेटमा काई हाभर्टजले गोल गदै चेल्सीलाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए । ४९औं मिनेटमा टिमो वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै चेल्सीलाई फराकिलो जिततर्फ अग्रसर गराए । त्यसपछि ५४औं मिनेटमा मासन माउन्टले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए ।
सानदार जितसँगै चेल्सीले शीर्ष चारमा आफ्नो पकड बलियो बनाउँदा ३० खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थाननको म्यानचेस्टर सिटीसँग १३ तथा लिभरपुलसँग १२ अंकले पछि रहँदा चौथो स्थानको टोटेनहमभन्दा ८ अंकले अघि छ । पराजित साउथह्याम्टन ३१ खेलबाट ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]