default_image

3 years ago

April 11, 2022

‘सी’ डिभिजन लिग १० दिन पछि सर्यो

103 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना मंगलबार सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभजन लिग १० दिनपछि सरेको छ । १४ क्लबको सहमगितामा चैत २९ गतेबाट हुने भनिएको लिग प्राविधिक कारणवश २०७९ वैशाख ९ गतेबाट सञ्चालन हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

योसँगै २०७८ मा ‘सी’ डिभिजन लिग आयोजना नहुने भएको छ । ‘सी’ डिभिजन लिगबाट शीर्ष २ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । यो वर्षका ‘ए’ र ‘बी’ डिभिजन लिग भने सम्पन्न भइसकेका छन् । आइबार मात्र ‘बी’ डिभिजन लिग सम्पन्न भएको थियो । जसमा चर्च ब्वाइज युथ क्लब विजेता र खुमलटार युथ क्लब उपविजेताका रुपमा ‘ए’ डिभिजन लिगमा बढुवा भएका थिए । सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब ‘सी’ डिभिजनमा घटुवा भएका छन् ।

फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबले जितेको थियो । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका थिए । ‘सी’ लिग खेल्ने क्रममा खालीबारी युवा फुटबल क्लब, मनोहरा एकिकृत युवा क्लब, समाज कल्याण खेलकुद क्लब, महावीर स्टडिज एण्ड एसोसिएसन, प्लानिङ ब्वाइज युनाइटेड, वीरगन्ज युथ एकेडेमी, झापा फुटबल क्लब छन् । त्यस्तै पुल्चोक स्पोर्टस क्लब, स्र्पोटस ऐकेडेमी साँगा, सानेपा क्लब, आरसी ३२ फुटबल एकेडेमी, रानीवन स्पोर्टस क्लब, ओसिस क्लब र स्वयम्भु क्लबले ‘सी’ डिभिजनमा प्रतिस्पर्धा गर्नेछन ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.