3 years ago
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ बक्स अफिस खेलकुद सम्मानबाट सम्मानित भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुपले सोमबार आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्डमा खेलकुदबाट अनिल सम्मानति भएका हुन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले सम्मान पत्र प्रदान गरेका थिए ।
नेपाली फुटबलको विकास र श्रीबृद्धि गर्न अविछिन्न रुपमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ । फरक क्षेत्रबाट सम्मानति हुदा खुसी लागेको अनिलले बताएका छन् । ‘फिल्म क्षेत्रबाट खेलकुद क्षेत्रलाइ माया गरेको देख्दा खुसी लाग्यो । यो व्यक्तितग रुपमा भन्दा फुटबलकै सम्मानको रुपमा । फरक क्षेत्रबाट स्मरण गर्दा गर्व महसुस भयो ।’
झण्डै एक दशक राष्ट्रिय टोलीबाट खेलेका अनिलले ५ वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । पछिल्लो दुई वर्ष उनले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । तर, यो वर्ष बिबिसी बी डिभिजनमा घटुवा भएको थियो । मनाङ मस्र्याङ्दी क्लबका पूर्व कप्तान समेत रहेका अनिलले थ्री स्टार, एनआरटीसँगै इन्डियन (आइ) लिग टोली सिलोङ लाजोङबाट पनि व्यवासायिक फुटबल खेलेका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]