3 years ago
April 15, 2022
एजेन्सी – स्कटिस क्लब रेन्जर्स, इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड र जर्मन क्लब युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्दा बार्सिलोना बाहिरिएको छ ।
रेन्जर्सले ९ खेलाडीमा समेटिएको पोर्चुगिज क्लब ब्रागालाई दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली रेन्जर्सले खेलको दोस्रो मिनेटमा नै जेम्स टाभेर्निएरको गोलबाट अग्रता लिएको थियो । पाँचौ मिनेटमा केमार रुफीको गोलले मान्यता पाएन ।
४२औं मिनेटमा भिटोर टोरमेना सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्रागा समस्यामा पर्दा त्यसको फाइदा रेन्जर्सले उठाउन सफल भयो । त्यसमै प्राप्त पेनाल्टीमा जेम्सले गोल गर्दै रेन्जर्सको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा डेभिड कार्माेले गोल गरेपछि समग्रमा २–२ गोलको बराबरीमा पुग्दा खेल अतिरिक्त समयमा लम्बियो ।
१०१औं मिनेटमा केमार रुफीले गोल गर्दै रेन्जर्सलाई ३–१ ले अघि बढाए । १०५औं मिनेटमा लुरी मेडेइरोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्रागा ९ खेलाडीमा समेटिन पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा रेन्जर्स विजयी हुन सफल भयो ।
अर्काे खेलमा आरबी लाइप्जिगले इटाली क्लब एटलान्टासँग दोस्रो लेगमा २–० ले तथा समग्रमा ३–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । दोस्रो लेगमा लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकुले १८औं र ८७औं मिनेटमा गोल गर्दै सहज जित पक्का गरे । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
यस्तै वेस्ट ह्याम युनाइटेडले फ्रान्सेली क्लब लियोनमाथि ३–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो लेगमा वेस्टह्यामको सहज जितमा क्रेइग डासन, डिक्लन राइस र जरोड वोवेनले गोल गरे । ३८औं मिनेटमा क्रेइग डासनले गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा डिक्लनले गोल गर्दै अग्रता दोब्बर पारे । ४८औं मिनेटमा जरोड वोवेनले गोल गर्दै टोलीको जित पक्का गरे ।
अर्काे खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफुर्टसँग ३–२ ले तथा समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको छ ।
योसँगै युरोपा लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा वेस्ट ह्याम र फ्रान्कफुर्ट तथा रेन्जर्स र लाइप्जिगबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको पहिलो लेग २८ अप्रिलमा तथा दोस्रो लेग ५ मेमा हुनेछ । फाइनल १८ मेमा हुनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]