default_image

3 years ago

April 15, 2022

बर्नलेका प्रशिक्षक बर्खास्त

153 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर क्लब लिग क्लव बर्नलेले आफ्नो मुख्य प्रशिक्षक सिन डेचीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै टोली पनि रेलिगेसन जोनमा रहेका कारण झन्डै १० वर्ष बर्नलेको प्रशिक्षण सम्हालेका सिनलाई बर्खास्त गरेको हो ।

क्लबले आफ्नो आधिकारिक वेवसाइटमा उनलाई हटाएको जानकारी गराउँदै एक दशक क्लबलाई गरेको सहयोगलाई पनि धन्यवाद दिएको छ ।

उनी सन् २०१२ देखि बर्नलेको प्रशिक्षक बनेका थिए । त्यो बेला बर्नले पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको थियो । यो सिजन बर्नलेले ३० खेल खेल्दा मात्रै ४ खेलमा जित निकाल्दा १२ खेल बराबरी खेल्दा १४ खेलमा हार बेहोर्दै २४ अंक छ ।

सिनको बर्खास्तीसँगै सहायक प्रशिक्षक इयान ओन, स्टिभ स्टोन र गोलकिपर प्रशिक्षक बेली मेरसेरले पनि क्लब छोडेका छन् । उनको प्रशिक्षणमा बर्नलेले सन् २०१८ मा युरोपा लिग खेलेको थियो । जुन क्लबको ५१ बर्षको इतिहासमा पहिलो युरोपियन प्रतियोगिता रहेको थियो । प्रिमियर लिगमा उनको प्रशिक्षणमा बर्नलीको ठूलो सफलता सातौं स्थान थियो ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.