default_image

2 years ago

April 17, 2022

आर्मी मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा बागमति युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा स्थान पक्का गरेको हो ।आर्मीको फराकिलो जितमा कुसुम खतिवडा र अमिषा कार्कीले समान दुई तथा […]

141 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा बागमति युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा स्थान पक्का गरेको हो ।आर्मीको फराकिलो जितमा कुसुम खतिवडा र अमिषा कार्कीले समान दुई तथा इन्दिरा राई र दीपा शाहीले समान एक गोल गरिन् । एक गोल उपहार पाएको थियो ।

अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । १७औं मिनेटमा ईन्दिरा राई, २८औं मिनेटमा सुस्मिता तामाङको आत्मघाती गोल, २९औं मिनेटमा अमिषा कार्की र ३९औं मिनेटमा दीपा शाहीले गोल गर्दा आर्मी पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले ४९औं र ६०औं मिनेटमा गोल गरिन् । ९०औं मिनेटमा अमिषाले गोल गर्दै आर्मीको फराकिलो जि तपक्का गरिन् । अब आर्मीले सेमिफाईनलमा नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टीम नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । समुह ए मा रहेको पुलिसले सेमफाईनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ ।

सोमबार विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

March 27, 2024

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]

Success

Thank you for your time.