default_image

3 years ago

April 17, 2022

शीर्षस्थानमा बायर्नको ९ अंकको अग्रता

114 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अर्मेनिया विलेफिल्डमाथि सहज जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ९ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

आइतबार राति घरेलु टोली अर्मेनिया विलेफिल्डलाई ३–० ले पराजि तगर्दै बायर्नले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको हो ।
बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १०औं मिनेटमा ज्याकोव बार्रेट लाउरसेनको आत्मघाती गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा सर्ज जिनाब्रीले योसुवा किम्मिखको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ८५औं मिनेटमा जमल मुसिएलाले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको ३० खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डको ६३ अंक छ । पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.