default_image

3 years ago

April 17, 2022

एट्लेटिको म्याड्रिडको जित

114 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा महत्वपूर्ण जित निकालेको छ ।

१० खेलाडीमा समेटिएको एट्लेटिकोले स्पान्योलमाथि २–१ को जित निकालेको हो । वान्डा मेट्रो पोलिटानोमा आइतबार भएको खेलमा घरेलु टोलीको जितमा दुवै गोल यान्निक कारास्कोले गर्दा स्पान्योलका राहुल दि थोमसले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा कारास्कोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले म्याथिअस कुन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा जियोफ्रे कोन्डोगविया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो । डार्डेरको २५ यार्डको प्रहारलाई बचाउने क्रममा जियोफ्रे कोन्डोगविया हातले बल छुन पुगेपछि रेफ्रीले दोहोरो पहेलो कार्ड देखाएका थिए । त्यसमै प्राप्त फ्रिकिकमा राहुल दि थोमसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण जित दिलाए । राहुल दि थोमसले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो ।

यो जितसँगै एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको सेभियासँगको अंक बराबरी गरेको छ । तीन टोलीको समान ६० अंक रहेको छ । बार्सिलोनाले दुई तथा सेभियाले एक खेल कम खेलेको छ । स्पान्योल ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.