3 years ago
April 20, 2022
एजेन्सी – हेरी केन टोटेनहम मै बस्ने सम्भावन बलियो भउको छ । म्यानचेस्टर सिटीले इर्लिङ हालान्डसँगको सम्झौता गरिसकेको दाबीसँगै केनले टोटेहममै रहने मनसाय बनाएको बताइएको छ । हालान्डसँगको सम्झौताले नै इग्ल्यान्डका कप्तान समेत रहेका केन अर्को सिजन सिटीमा जाने सम्भावना कम भएको हो । टाइम्सका अनुसार अर्को सिजनमा पनि केन सोही क्लबमा निरन्तर रहनेछन् ।
अहिले प्रिमियर लिगको चौथो स्थानमा रहेको स्पर्सले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । त्यसकारण पनि केन टोटेनहम बस्ने सम्भावना बलियो बन्दै गएको छ । २९ वर्षे फरवार्डको अझै दुई वर्ष क्लबसँग सम्झौता रहेको छ ।
म्यानचेस्टर युनाइटेड पनि उनका लागि अर्को विकल्प हुन सक्थ्यो ।
तर प्रशिक्षक माउरिसियो पोचेटिनो युनाइटेड गएको अवस्थामा त्यो सम्भावना बढ्न सक्थ्यो । केन इग्ल्यान्ड छाडेर अन्य देश जाने सम्भावना पनि कम छ । कारण उनी प्रिमियर लिगमा एलान सेसेरको सर्वाधिक गोलकर्ताको कीर्तिमान भंग गर्न चाहन्छन् । प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको सुचीमा अहिले केन १ सय ७८ गोलका साथ पाँचौं स्थानमा छन् ।
टोटेनहमको इतिहासमा पनि सर्वाधिक गोलकर्ता बन्ने सम्भावना पनि उनीसँग छ । उनले टोलीका लागि २ सय ४३ गोल गरिसकेका छन् । जिमी ग्रेभ्सले क्लबका लागि सर्वाधिक २ सय ६६ गोल गरेका छन् ।
टोटेनहमको लक्ष्य
टोटेनहमले सेन्टर मिडफिल्डलाई बलियो बनाउने लक्ष्यका साथ ब्रेन्टफोर्डबाट क्रिस्टियन इरिक्सन र लेस्टर सिटीबाट योरी टेलेमेन्सलाई भित्राउन चाहिरहेको छ । इरिक्सनको सम्झौता जारी सिजनको अन्त्यसम्म रहेको छ ।
डेनिस मिडफिल्डले सन् २०१३ देखि २०२० सम्म टोटेनहमबाट खेलेका थिए । २०१९ मा टोली च्याम्पियन्स लिगको फाइनल पुग्दा इरिक्सन त्यसका सदस्य थिए । टेलेमेन्सको लेस्टरसँग २०२३ सम्म सम्झौता गरेका छ । यद्दपी क्लबले २५ मिलियन पाउन्डमा उनलाई विक्री गर्न चाहिरहेको जनाएको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]