3 years ago
April 20, 2022
पोखरा (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल रन्जित विजयी भएका छन् । कास्कीको बुधबार भएको निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा उज्ज्वल रन्जितले १४ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी विनोद गुरुङको ७ मत मात्रै रह्यो भने १ मत बदर हुन पुग्यो ।
अध्यक्ष पद बाहेक सबै पदमा सर्वसम्मत भएको हो । अध्यक्षका लागि विनोद गुरुङ, उज्ज्वल रन्जित र नवीन पुनले उम्मेदवारी दिएका थिए ।
२२ मत रहेको कास्कीमा नविन पुनले ५ मत मात्र प्राप्त गरे । यस्तै विनोद गुरुङले ७ मत प्राप्त गर्दा उज्ज्वल रन्जितले ९ मत प्राप्त गर्दा १ मत भने कसैलाई नहाल्दा बदर हुन पुग्यो ।
एन्फा विधान अनुरुप विजेताले कुल मतको ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भएपनि कुनैपनी उम्मेदवारले ५० प्रतिशत मत नल्याउँदा रन्जित र गुरुङबीच पुनः मतदान भएको थियो । उपाध्यक्षमा पाँच जनाले आकांक्षा देखाए पनि विष्णु कुमार गुरुङ र खेमराज बरालले उम्मेदवारी फिर्ता लिएसँगै उपाध्यक्षमा समेत सर्वसम्मत भएको हो । उपाध्यक्षमा जगत बहादुर थापा,नरप्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्मत भए ।
सदस्यहरुमा सुनिल गायक, शोभा बानियाँ, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ र टंकप्रसाद गुरुङ सर्वसम्मत भएको निर्वाचन अधिकृत केशव राज बरालले जानकारी दिए । निर्वाचित पदाधिकारीको सपथ ग्रहण समेत भएको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]