3 years ago
April 26, 2022
एजेन्सी – पाउलो डिबाला र मोइस किनको गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली सस्सुलोलाई २–१ ले पराजित गरेको हो ।
मापेइ स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा जियाकोमो रास्पाडोरीको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले डोमिनिको बेरारडीको पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने संकेत दिए । उनले डेनिस जाकारियाको पासलाई सदुपयोग गरेका थिए ।
त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी मोइस किनले गोल गर्दै युभेन्ट्सलाई पूनरागमन जित दिलाए । उनले एलेक्स सान्द्रोको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै युभेन्ट्सले शीर्ष चारमा रहने सम्भावना जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युभेन्ट्सको ३४ खेलबाट ६६ अंक रहेको छ । चौथो स्थानमा रहेको नेपोलीको ६७ अंक छ । पराजित सस्सुलो ४६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]