default_image

3 years ago

April 27, 2022

रियल म्याड्रिडमा बेन्जेमाको अर्काे कीर्तिमान

91 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडबाट इतिहास रच्ने क्रम जारी राखेका छन् । युईएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध खेल्दै बेन्जेमाले रियलको जर्सीमा ६ सय खेलको आँकडा पुरा गरेका छन् ।

उनले रियलका अर्का लेजेन्ड पाको जेन्टोको ६ सय खेलको कीर्तिमानलाई बराबरी गरेका हुन् । उनले आफ्नो कीर्तिमानी खेलमा दुई गोल थप्दै खेललाई अविस्मरणीय बनाए । इतिहाद स्टेडियममा उनले दुई गोल गरेसँगै बेन्जेमाले यो सिजन ४१ खेलमा आफ्नो गोल संख्या ४१ पु¥याएका छन् ।

उनले च्याम्पियन्स लिगमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । सिटीविरुद्धको दुई गोलसँगै उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा उक्लिएका छन् । उनले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन् ।

च्याम्पियन्स लिगमा बेन्जेमाले आफ्नो गोल संख्या १४ पु¥याएका छन् । लेवान्डोस्कीको नाममा १३ गोल रहेको छ । पोलिस फरवार्डका विपरित बेन्जेमाले अझैपनि आफ्नो गोलसंख्या थप्न सक्छन् । फलस्वरुप बेन्जेमाले आफ्नो करिअरमा पहिलोपटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको ताज पाउन सक्नेछन् ।

बेन्जेमा यस सिजन च्याम्पियन्स लिगमा निसन्देह सबैभन्दा निर्णायक खेलाडी हुन् । जसले उनलाई आगमी जुनमा प्रदान गरिने बालोन डिओर जित्ने सम्भावना छ । उनको १४ गोलले पनि यसलाई प्रमाणित गर्दछ । तिमध्ये उनले नकआउटको ३ खेलमै ९ गोल गरिसकेका छन् ।

जबकि उनले च्याम्पियन्स लिगको ६ खेलमा ५ गोल गरेका थिए । बेन्जेमाले प्रि–क्वाटरफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध ३ गोल, क्वाटरफाइनलमा चेल्सीविरुद्ध ४ गोल र सेमिफाइनलमा सिटीविरुद्ध २ गोल गरिसकेका छन् ।

यो ४१ गोलसँगै बेन्जेमा रियल म्याड्रिडको इतिहासमा क्रिस्टियानो रानोल्डो, फेरेन्क पुस्कास, अल्फ्रेडो डि स्टेफानो र ह्युगो सान्चेजपछि एकै सिजमा ४० गोलको आकँडा पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

२१औं शताब्दीमा उनी पोर्चुगिज फरवार्ड रोनाल्डोपछि ४० गोलको आँकडा पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता रहेका पुर्व कप्तान राहुलसँगको दुरी पनि छोट्याएका छने । राहुलले ३२३ गोल गर्दा बेन्जेमाले ३२० गोल पु¥याएका छन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.