3 years ago
April 27, 2022
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको दोस्रो खेलमा आज बुधबार (राति) इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलको आतिथ्यता गर्दैछ ।
खेल एनफिल्डमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा भिल्लारियलविरुद्ध मैदान उत्रँदा लिभरपुल यो सिजन चार उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
लिग कपको उपाधि जितिसकेको लिभरपुल एफए कपको फाइनलमा तथा प्रिमियर लिगको उपाधि दौडमै रहेको छ । यस्तो लिभरपुललाई भिल्लारियलविरुद्धको खेल निकै महत्वपूर्ण छ ।
योर्गेन क्लोपको प्रशिक्षणमा तेस्रो पटक फाइलनको लक्ष्य बनाएको लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, लुइस डियाज, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र गोलरक्षक एलिसन बेकर टोलीमा रहेका छन् । चोटका कारण रोबर्टाे फिर्मिनो टोलीमा हुनेछैनन् ।
यता, प्रि–क्वाटरफाइनलमा युभेन्ट्स र क्वाटरफाइलनमा जर्मन महारथी बायर्न म्युनिखलाई हराएर ‘जायन्ट किलर’ छवि बनाएको भिल्लारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेर हौसिएको भिल्लारियल लिभरपुलविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तरता दिदै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
मुख्य प्रशिक्षक युनाइ एम्री गत सिजनको युरोपा लिग विजेता भिल्लारियललाई पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पु¥याउने लक्ष्यमा हुनेछ । टोलीका मुख्य फरवार्ड जेरार्ड मोरेनो र अल्बर्टाे मोरेनोको चोट भिल्लारियललाई महँगो पर्न सक्नेछ ।
तर, टोलीसँग अर्नाउट डानजुमा, पाको एल्कासेर, लो सेल्सो, फ्रान्सिस कोक्विलिन, इटिने कापोइ, ड्यानियल पारेजो, पाउ टोरेस, राहुल अल्वियोल, जुआन फोयथ र गोलरक्षक जेरोनिमो रुल्ली टोलीमा रहेका छन् ।
गतवर्ष युरोपा लिग च्याम्पियन बनेको भियारियाल युरोपियन ट्रफी जित्ने सबैभन्दा सानो सहरको टिम हो । एम्रीले सन् २०१६ मा सेभियाबाट युरोपा लिगको फाइनलमा क्लोपको लिभरपुललाई पराजित गर्दै उपाधि जितेका थिए ।
लिभरपुल र भिल्लारियल यसअघि दुईपटक भिडेका छन् । सन् २०१५-१६ मा युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल ३–० ले विजयी हुँदा बन्दा दोस्रो खेलमा भिल्लारियल १–० ले विजयी भएको थियो ।
पछिल्लो पाँच खेलको तुलना गर्दै दुवै टोली अपराजित छ । दुवै टोलीले समान तीन जित र २ बराबरीको नतिजा निकालको छ । यसर्थ लिभरपुल र भिल्लारियलबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]