3 years ago
April 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– देश बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले खेलाडीप्रति मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टी जनाएका छन् ।
किरणले बुधबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन ।टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’ किरण माल्दिभ्सको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए । किरण्को अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए ।
इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए । उनले टोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए । प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन् ।
रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन् । एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको बताइएको छ । खेलाडीले प्रशिक्षण छाडेको विषयमा एन्फाले अहिले सम्म आधिकारिक जानकारी दिएको छैन । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यसबारे प्रशिक्षकसँग छलफल गर्ने बुझिएको छ । यसअघि पटक पटक विवादमा तानिएका अलमुताइरी र खेलाडीबीच नै विवाद सार्वजनिक भएको भने यो पहिलो घटना हो ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]