default_image

3 years ago

April 29, 2022

युरोपा लिगमा जर्मन टोलीलाई सफलता

110 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिग र आइनट्राख्ट फ्रान्कफुर्टले सफलता हात पारेका छन् ।

आरबी लाइप्जिगले घरेलु मैदानमा स्कटिस क्लब रेन्जर्समाथि १–० को जित निकालेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा खेलको अन्त्यतिर एन्जेलिनोले गरेको गोल नै निर्णयक बन्यो ।

उनले ८५औं मिनेटमा गोल गर्न सफल भएका थिए । यो जितसँगै लाइप्जिगले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्काे साता हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लाइप्जिग फाइनलमा पुग्नेछ ।

रेन्जर्सको पनि फाइनल पुग्ने सम्भावना जीवितै रहँदा घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा पनि २–० को जित निकाल्नुपर्ने हुन्छ । १–० को जितले पनि दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा अतिरिक्त समय वा टाइब्रेकरबाट निर्णय हुनेछ ।

यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई उसकै मैदानम २–१ को जित निकालेको छ । आइनट्राख्ट फ्रान्कफुर्टको जितमा अन्सगर र दाइची कामदाले गोल गरे । घरेलु टोलीका मिचेल एन्टेनियोले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै अन्सगरको गोलबाट फ्रान्कफुर्टले सुरुवाती अग्रता लिएको थियो । उनले राफयल सान्तोष बोरको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा मिचेल एन्टेनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा दाइची कामदाले गोल गर्दै फ्रान्कफुर्टको जित पक्का गरे ।

यो जितसँगै आइनट्राख्ट फ्रान्कफुर्टले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब अर्काे साता हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके फ्रान्कफुर्ट फाइनलमा पुग्नेछ । वेस्टह्यामलाई फाइनल पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.