3 years ago
April 30, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका इजिप्टयन फरवार्ड मोहमद सलाह र चेल्सीकी साम खेरले ले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड जितेका छन् ।
सलाहले म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना र डिक्लन राइसलाई पछि पार्दै फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ द इयर’ अवार्ड जितेका हुन् ।एसोसिएसनले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।
सलाहले एफडब्लुए फुटबलर अफ द इयर’ दोस्रोपटक जितेका हुन् । सलाहले यसअघि सन् २०१८ पनि यो अवार्ड जितेका थिए । २९ वर्षीय सलाहले यो सिजन ३१ प्रिमियर लिग खेलमा २२ गोल गरिसकेका छन् । यस्तै १३ असिस्ट रहेको छ । उनकै उच्च प्रदर्शनमा लिभरपुल यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
लिग कपको उपाधि जितिसकेको लिभरपुल प्रिमियर लिग, च्याम्पियन्स लिग र एफ कपको उपाधि दौडमा रहेको छ । लिभरपुल प्रिमियर लिग शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १ अंकले पछि रहँदा एफए कपको फाइनलमा तथा च्याम्पियन्स लिगको फाइनल नजिक छ ।
महिलातर्फको अवार्ड चेल्सीका साम खेरले जितेकी छिन् । उनले आर्सनलकी भिभिएनी मिडेमा र म्यानचेस्टर सिटीकी लोउरेन हेम्पलाई पछि पार्दै अवार्ड जितेकी हुन् । महिलामा पहिलोपटक एफडब्लुएका पुर्ण सदस्यले मतदान गरेका हुन् । यसअघि विशेषज्ञ प्यानलले महिलातर्फको विजेता छान्ने गरेको थियो ।
यो अवार्डमा लिभरपुल र म्यानचेस्टर सिटीकै अधिकांश खेलाडी मनोनयनमा रहेका थिए । १२ फरक क्लबबाट ३१ खेलाडी मनोनयनमा पर्दा लिभरपुलबाट ८ र सिटीबाट ६ खेलाडी मनोनयनमा परेका थिए ।
एफडब्लुएका अध्यक्ष क्यारी ब्राउनले सलाह र साम दुवैले यो सिजन क्लब र राष्ट्रको लागि उच्च प्रदर्शन गरिरहेको र उनीहरु अवार्डको हकदार रहेको बताए । उनीहरुले पाएको मतले पनि उनीहरु कति उत्कृष्ट छन भन्ने पुष्टि गरेको उनले थपे । सलाह र खेरले ५ मेमा यो अवार्ड ग्रहण गर्नेछन् ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]