3 years ago
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीबाट निकालिएका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको घटनाका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिखित जानकारी बुझाएका छन् । खेलाडीकोतर्फबाट रोहित चन्दले सोमबार एन्फाका महासचिव इन्द्रमान तुलाधर जानकारीको पत्र बुझाएका छन् ।
यसैबीच, एन्फा खेलाडी संघले खेलाडी र प्रशिक्षकबीचको विवादको छानविनका लागि माग गरेको छ । खेलाडी सघका अध्यक्ष विक्रम लामाले एन्फा महासचिव तुलाधरलाई छानबिनको मागसहित पत्र बुझाएका थिए । ‘हामी राष्ट्रिय फुटबल टोलीका १० खेलाडी एएफसी एसियन कपको तयारीमा रहेको राष्ट्रिय टोलीको प्रशिक्षणबाट भागेर बाहिरिएको भन्ने समाचार सार्वजनिक संचारमाध्ममा आएकोले हामी एकदम दुखित भएका छौं । राष्ट्रिय टोलीका लागि खेल्नु हाम्रो सानोदेखिको सपना हो । विभिन्न आरोह अवरोहका बाबजुद पनि हामी निरन्तर राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्दै आएका छौं, १० खेलाडीको संयुक्त हस्ताक्षरित पत्रमा भनिएको छ ।
प्रशिक्षणका दौरान टोलीको कार्यवाहक नेतृत्व गरीरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्न पश्चात जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति हाम्रो असन्तुष्टि थियो । त्यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक पटक क्याम्प छोड्न भनेपछि हामी बाहिरिएका हौं , पत्रमा भनिएको छ,‘ हामीलाई क्याम्प छोड्ने भनेपछि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएका हौं । हामीले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत माग राख्दा उल्टो क्याम्प छोड्न निर्देशन दिनु र त्यसमाथि एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा हामीविरुद्ध नै अनावश्यक प्रतिक्रिया दिनुले हामीलाई निकै दुखित तुल्याएको छ ।’
त्यस्तै खेलाडी संघले बुझाएको पत्र भनिएको छ, ‘ १० खेलाडीले एएफसी एसियन कपको तयारीमा रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट नै क्याम्प छोड्न निर्देशन दिएको जानकारी हामीले पाएका छौं । तर सार्वजनिक संचारमाध्ममा भने राष्ट्रिय टोलीका व्यवस्थापले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले हामी एकदम दुखित छौं ।’
बिहीबार १० खेलाडीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेका थिए । आइतबार अलमुताइरीले एन्फा महासचिव तुलाधरलाई पत्र लेख्दै ती खेलाडीलाई कारवाही नगर्न र आफूले उनीहरुलाई टोलीमा नफर्काउने समेत प्रष्ट पारेका थिए ।
खेलाडीले क्याम्प छोड्नुअघि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको पनि अवगत गराएका छन्, खेलाडी संघको पत्रमा भनिएको छ,‘ खेलाडीले सधैँ राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकत्तामा राख्दै आएका छन् । राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीहरुले व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौं । यसरि खेलाडीहरुमाथि सार्वजनिक रुपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आंच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरु खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । एन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारवाही गरोस भन्ने हामीले माग राखेका छौं ।’
संघले यो गम्भीर विषयलाई एन्फाले प्राथमिकतामा राखेर चाडो भन्दा चाडो उचित कदम अघि चाल्ने आशा राखेको छ । १० खेलाडीमा रोहित सहित सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, अनन्त तामाङ र दीनेश राजवंशी छन् । अलमुताइरीले बिहीबार नै १७ नयाँ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]