default_image

3 years ago

May 3, 2022

च्याम्पियन्स लिग : लिभरपुल र भिल्लारियल भिड्दै

183 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियलको सामना गर्दैछ । पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २-० को जित दर्ता गरेको थियो ।

पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलले पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफमा अझ आक्रामक देखिएको लिभरपुलले कप्तान जोर्डन हेन्डरसनको प्रयासमा अग्रता लियो । उनको क्रस पर्भिस एस्टून्पियनलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसको केहीबेरमा नै मोहमद सलाहको सुन्दर पासमा साडियो मानेले अग्रता दोब्बर पारे ।

भिल्लारियलले च्याम्पियन्स लिगमा सेमिफाइनलमा स्थान बनाएपनि लिगमा भने त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन । टोली हाल लिगको सातौं स्थानमा रहेको छ । सबै प्रतियोगिताको पछिल्लो ७ खेलमा ३ जित मात्र दर्ता गरेको छ ।

यता लिभरपुल भने यो सिजन उच्च लयमा छ । टोली प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक मात्र पछि छ । लिभरपुल एफए कपको फाइनल खेल्नुका साथै लिग कप उपाधि जितिसकेको टोली हो । पछिल्लो ७ खेलमा टोलीले ५ जित र २ बराबरी हासिल गरेको छ ।

भिल्लारियलका प्रशिक्षक उनाइ एमेरीले प्रतियोगितामा अवे गोलको नियम हटाउनुले टोलीलाई केहि फाइदा पुग्ने बताए । ‘घरेलु मैदानमा हाम्रो प्रदर्शन राम्रो छ । २ गोलले पछि परेको अवस्था कठिन हो, तर अवे गोलको नियम हट्नुले हामीलाई केहि फाइदा छ । हामी समर्थकमाझ यो अवसरको भरपुर आनन्द लिन चाहन्छु,’ उनले भने ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले खेलका लागि आफू तयार रहनुपर्ने बताए । ‘हामी उच्च प्रदर्शन गर्ने लक्ष्यसहित उत्रनेछौं । पक्कैपनि उनीहरुले पहिलो लेगमा हामीले दिएको भन्दा बढी खेल्न खोज्नेछन् । च्याम्पियन्स लिगको सेमिफाइनल सहज हुन्छ भन्ने सोच्नु हुँदैन र हुने पनि छैन । अर्को फाइनल कहिले खेलिन्छ थाहा छैन र यसपटक अवसर आएकोमा हामी सचेत हुनुपर्छ,’ उनले थपे ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.