default_image

3 years ago

May 9, 2022

इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा

159 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ ।

मिलानले घरेलु टोली हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । मिलानको पूनरागमन जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल थपे । घरेलु टोली हेलास भेरोनाका मार्काे डेभिड फाराओनीको गोल सान्त्वना बन्यो ।

भेरोनामा आइतबार राति भएको खेलको १५औं मिनेटमा सान्द्रो टोनालीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा मिलानले अग्रता लिन सकेन । त्यसपछि ३८औं मिनेटमा मार्काे डेभिड फाराओनीको गोल गरेपछि मिलान १–० ले पछि पर्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले राफायल लियोको पासमा गोल गर्न सफल भएका थिए ।

५०औं मिनेटमा राफायल लियोकै पासमा सान्द्रोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि पछि ८६औं मिनेटमा जुनियर मेसिएसको पासमा एलेसान्द्रो फ्लोरेन्जीले गोल गर्दै मिलानको सानदार पूनरागमन जित पक्का गरे ।

यो जितसँगै मिलानले शीर्षस्थानमा २ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । मिलानको ३६ खेलबाट ८० अंक तथा समान खेलबाटै इन्टर मिलानको ७८ अंक छ । अब दुई चरणको खेल बाँकी रहँदा सिरी ‘ए’ कोे उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने सम्भावना छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.