default_image

3 years ago

May 10, 2022

बार्सिलोनाको विक्री सुचीमा रहेका ९ खेलाडी

150 views

0 Bookmark

एजेन्सी – यो सिजन उपाधिविहीन बनेको बार्सिलोनाले आउदो समरमा ९ खेलाडीलाई बेच्ने तयारी गरेको छ । निराशजनक सिजनपछि प्रशिक्षक जाभीले आफ्नो टोली पुनर्निर्माण गर्न खोजिरहेका छन् ।

ला लिगामा उपाधिका लागि रियल म्याड्रिडलाई चुनौती दिन र फेरि च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नका लागि टोली बलियो बनाउनुपर्ने प्रशिक्षक जाभीले स्पष्ट पारेका छन् । यसमा इंग्लिस क्लब म्यानचेस्टर सिटीको नजरमा रहेका फ्रान्की डि जोङ, फ्रि ट्रान्सफरमा गत सिजन अनुबन्ध गरेका मेम्फिस डिपाएलगायतका खेलाडी बार्सिलोनाले बेच्ने सुचीमा रहेका छन् ।

नेटो, क्लेमेन्ट लेङ्लेट, सर्जिनो डेस्ट, ओस्कार मिगुएजा, स्यामुइल उम्टिटी, फ्रान्की डि जोङ, रिकी पुच, मेम्फिस डिपाए र मार्टिन ब्रेथवेट रहेका छन् । डच मिडफिल्डर फ्रान्की डि जोङलाई म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेड दुवैको अवस्थाको मुल्यांकन गर्दै ५८ मिलियन पाउन्ड मुल्य तोकेको छ ।

डि जोङले यस सिजन बार्सिलोनाको टोलीमा नियमित रहेका छन् । उनले यो सिजन ४२ खेल खेल्दा चार गोल र पाँच असिस्ट दिएका छन् । तर अब यो विश्वास गरिएको छ कि जाभीले आफ्नो टोली पुनः निर्माण जारी राख्नको लागि उनलाई बाहिर राख्ने सम्भावना छ । उनको विकल्पमा क्लबमा खेलाडी रहेको र उनलाई बेच्दा आउने रकमले अन्य पोजिसन बलियो बनाउन सकिने क्लबको योजना छ ।

गत सिजन फ्रान्सेली क्लब लियोनबाट फ्रि ट्रान्सफरमा बार्सिलोना आएका २८ वर्षीय डच फरवार्ड डिपाएलाई टोटेनहम र नेपोलीले अनुबन्ध गर्ने योजना बनाएको छ । ड्यानी आल्भेस र ओसमाने डेम्बेले जाभीको नजरमा अर्काे सिजनको लागि रहने सक्नेछ ।

लुक डि जोङ र एडमा ट्राओरे हाल बार्सिलोनामा लोनमा खेलिरहेका छन् । उनीहरु आफ्नै क्लबमा फर्कने अपेक्षा गरिएको छ । फिलिप कौटिन्हो, ट्रिन्काओ र मिरालेम प्यानिच हाल क्रमशः एस्टन भिल्ला, वल्भ्स र बेसिक्टासबाट लोनमा खेलिरहेका छन् । यस समरमा उनीहरु टोलीमा फर्किनेछन् । तर, तीनै जना क्लबको योजनामा छैनन् ।

एन्टोइन ग्रिजमन प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमा लोनमा खेलिरहेका छन् । उनको लोन सम्झौता अर्को सिजनसम्म रहेकाले यो सिजन नै पुरा हुने अपेक्षा गरिएको छ ।

बार्सिलोनाले एसी मिलानका मिडफिल्डर फ्रान्क केस्सी र चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेनसेन दुवैसँग सम्झौता गरिसकेको भन्दै नयाँ अनुबन्धका लागि काम सुरु गरिसकेको छ । चेल्सीका जोडी सेजर एज्पिलिक्वेटा, मार्कोस अलोन्सोसँगै राफिन्हा र बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की पनि बार्सिलोनासँग जोडिएका छन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.