3 years ago
May 12, 2022
एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ ।
रोमामा बुधबार राति भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इनटर च्याम्पियन बन्न सफल भएको हो ।
इन्टरलाई च्याम्पियन बनाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक गोल गरे । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्विदा इन्टरले बाजी मार्न सफल भयो ।
खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै युभेन्ट्सले खेलमा अग्रता लिन सफल भएको थियो ।
५०औं मिनेटमा एलेक्स सान्द्रोले तथा ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । ८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए ।
९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेललाई इन्टरलाई खेलमा ३–२ ले अघि बढाए । १०२औं मिनेटमा पेरिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए । १०४औं मिनेटमा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रातो कार्ड खाँदै टच लाइन छाड्नुपरेपछि युभेन्ट्स समस्यामा पर्दा पराजित हुन पुग्यो ।
्
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]