default_image

3 years ago

May 13, 2022

केन चम्कदा आर्सनलको हार

150 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनको दुई तथा ह्युङ मिन सनको गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको आर्सनललाई ३–० ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलको २२औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भयो । डिजान कुलुसेभ्स्कीको क्रसलाई नियन्त्रणमा लिने क्रममा रहेका सनलाई सेड्रिक सोराएसले फउल गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।

३३औं मिनेटमा पाहुना टोली आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । रोव होल्डिङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । त्यसको फाइदा टोटेनहमले उठाउन सफल भयो ।

३७औं मिनेटमा ह्यारी केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । उनले रोड्रिगो बेन्टनकरको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै ४७औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

टोटेनहमको जितसँगै शीर्ष चारको दौड थप रोचक बनेको छ । पाँचौ स्थानमा रहेको टोटेनहमको ३६ खेलबाट ६५ अंक पुगेको छ । टोटेनहमसँग हार बेहोरेको आर्सनलको ६६ अंक छ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.