default_image

2 years ago

May 13, 2022

हालान्डपछि बजारमा उपलब्ध फरवार्डहरु

एजेन्सी – बोरुसिया डर्टमन्डबाट युवा फरवार्ड एर्लिङ हालान्डले ६० मिलियन युरोमा म्यानचेस्टर सिटी पुगे । यी खबरले मुलधारको मिडिया मात्र नभएर सामाजिक संजालमा पनि चर्चा बटुल्यो । कुनैपनि क्लबमा फरवार्डको भूमिका अहम हुन्छ । आक्रमणमा गोल गर्ने निर्णायक जिम्मेवारी एक फरवार्डले बोकेको हुन्छ । अझ आधुनिक फुटबलमा त फ्रिकिक र अन्य सेट पिसमा हेडर जितेर […]

144 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्डबाट युवा फरवार्ड एर्लिङ हालान्डले ६० मिलियन युरोमा म्यानचेस्टर सिटी पुगे । यी खबरले मुलधारको मिडिया मात्र नभएर सामाजिक संजालमा पनि चर्चा बटुल्यो ।

कुनैपनि क्लबमा फरवार्डको भूमिका अहम हुन्छ । आक्रमणमा गोल गर्ने निर्णायक जिम्मेवारी एक फरवार्डले बोकेको हुन्छ । अझ आधुनिक फुटबलमा त फ्रिकिक र अन्य सेट पिसमा हेडर जितेर पनि रक्षात्मक रुपमा टोलीलाई सहयोग गर्ने भूमिका हुन्छ ।

फुटबलमा नम्बर ९ फरवार्डको जिम्मेवारी आक्रमणमा गोल गर्ने बढी हुन्छ । मुख्य फरवार्डका रुपमा अन्य विंगरसँग समन्वय गरेर गोल निकाल्नु बढी प्राथमिकतामा हुन्छ । हालान्डले आफ्नो खेलमा विपक्षी डिफेन्डरको चुनौती रोकेर खेल्ने क्षमता विकास गर्न बाँकी छ । तर उनले डर्टमुन्डमा गरेको प्रदर्शनलाई नै आधार मान्ने हो भनेपनि उनको कमजोरी खासै असर गर्दैन ।

पछिल्लो समय रियल म्याड्रिडका करिम बेन्जेमा र बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले नम्बर ९ को भूमिकामा आफूलाई बारम्बार प्रमाणित गरेका छन् । अनुभवी र गुणस्तरीय फरवार्डले गोलको ग्यारेन्टी दिन्छ । सबै खेलाडीमा यो गुण नहुन पनि सक्छ ।

यहि कारण पनि म्यानचेस्टर सिटीले गत वर्ष अधिकांश समय टोटेनहमका ह्यारी केनलाई ल्याउन समय खर्चियो । तर केन सिटी आएनन् र सिटीले विकल्पका रुपमा लिएका डुसान भ्लाहोभिचपनि युभेन्ट्स पुगे । यसपटक हालान्डलाई अनुबन्ध गर्न कुनै ढिलाई नगरी सिटीले अर्को सिजनको तयारी अहिलेदेखि सुरु गरेको छ ।

हालान्ड प्रिमियर लिगमा आएपछि अब अन्य टोलीले पनि फरवार्ड लाइन बलियो बनाउन खोज्नेछन् । युरोपकै अन्य क्लबले पनि फरवार्डको खोजीमा जाँदा यी युवा खेलाडी राम्रो विकल्प हुन सक्छन् ।

डार्विन नुनेज

उमेर – २२

क्लब – बेन्फिका

अनुमानित ट्रान्सफर रकम – ४० मिलियन युरो

यस सिजन पोर्चुगिज लिगको २८ खेलमा २६ गोल गरेका न्युनेज आक्रमणमा मुख्य फरवार्डसँगै विंगरको रुपमा पनि खेल्न सक्छन् । २२ वर्षको उमेरमा नै आफ्नो उच्च लय समातेका उनी शीर्ष श्रेणी फुटबलमा प्रमाणित खेलाडी हुन् । त्यसैले पनि उनको नाम म्यानचेस्टर युनाइटेड, आर्सनल र लिभरपुलसँग जोडिएको छ ।

लाउटारो मार्टिनेज

उमेर – २४ वर्ष

क्लब – इन्टर मिलान

अनुमानित ट्रान्सफर रकम – ७० मिलियन युरो

करिअरको सुरुवातमा दोस्रो फरवार्डका रुपमा उदाएका मार्टिनेजले रोमेलु लुकाकु चेल्सी पुगेसँगै मुख्य फरवार्डको भूमिका खेले । यस सिजन उनले १९ गोल गर्दै लिगमा इन्टरको प्रदर्शन खस्कन दिएका छैनन् । तर आर्थिक रुपमा कमजोर रहेको इन्टरले उनलाई बेच्नेबारे सोच्न सक्छ ।

ट्यामी अब्राहम

Alfredo Falcone

उमेर – २४ वर्ष

क्लब – एएस रोमा

अनुमानित ट्रान्सफर रकम – ४५ मिलियन युरो

चेल्सीमा सोचेजस्तो अवसर नपाएपछि इटालियन लिग पुगेका अब्राहमले आफ्नो क्षमता अनुसार प्रदर्शन गरेका छन् । शारीरिक रुपमा निपुण उनले रोमाका लागि गोल गर्दै युरोपेली प्रतियोगिताको फाइनलमा समेत पुर्याएका छन् । लिगमा १५ गोल गरेका उनलाई रोमाले सहजै जान दिने अवस्था भने छैन ।

भिक्टर ओसिमेन

उमेर – २३ वर्ष

क्लब – नेपोली

अनुमानित ट्रान्सफर रकम – ६० मिलियन युरो

नाइजेरियाका ओसिमेनले चोटका कारण पछिल्लो दुई सिजन सोचेजस्तो निरन्तर खेल्न सकेका छैनन् । तर क्लबका लागि ६० खेलमा २७ गोल र ९ असिस्टका साथ उनले आफूलाई प्रमाणित भने गरेका छन् । तीव्र गतिमा खेल्ने उनलाई भित्र्याउन नेपोलीले ७० मिलियन खर्चेको थियो । अझै सम्झौतामा तीन वर्ष बाँकी रहेका उनी सस्तोमा भने क्लब छोड्ने छैनन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.