default_image

2 years ago

May 14, 2022

लिभरपुल र चेल्सी एफए कप उपाधिका लागि खेल्दै

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ । फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार […]

101 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ ।

फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार तेस्रो सिजन एफए कपको फाइनल खेल्दैछ । पछिल्लो ६ सिजनमा चेल्सी फाइनल पुगेको यो पाँचौ अवसर हो ।

यसअघि दुवै संस्करणमा चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित भएको थियो । गत सिजन थोमस टुचेल प्रशिक्षक रहँदा चेल्सीले लेस्टरसँग हार बेहोरेको थियो ।

यता लिभरपुल भने सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनल खेल्दैछ । सन् २००६ पछि लिभरपुलले यो उपाधि जित्न सकेको छैन । त्यसयता चेल्सीले भने ५ पटक एफए कप जितिसकेको छ । कोभिड संक्रमणपछि पहिलो पटक वेम्बली रंगशालामा पूर्ण क्षमतामा दर्शक उपस्थिति रहनेछ ।

फाइनलका लागि लिभरपुलका मिडफिल्डर फाबिन्हो चोटका कारण उपस्थित हुने छैनन् । चेल्सीले पनि मिडफिल्डर द्वय माटियो कोभाचिच र एन्गोलो कान्टे खेल्ने नखेल्ने निर्णय गरिसकेको छैन । दुवै खेलाडी चोटबाट फर्कने क्रममा छन् ।

चेल्सी र लिभरपुलबीच पछिल्लो तीन सिजनमा दशौं भेट हुना लागेको हो । प्रिमियर लिगमा भएका ६ खेलमा लिभरपुलले तीन जित दर्ता गर्दा चेल्सीले एकपटक मात्र जितेको छ । लिभरपुलका प्रशिक्षक क्लोपले हालसम्म एफए कप जित्न सकेका छैनन् । उनी अन्य उपाधि जितको अवस्थामा प्रतिष्ठित एफए कप जित्न चाहन्छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.