3 years ago
May 15, 2022
एजेन्सी – इटालियन क्लब पल पोग्बाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका मिडफिल्डर पल पोग्बालाई पुन: टुरिन फर्काउने प्रयास गर्ने भएको छ । त्यस्तै फ्रान्सकै पिएसजीले पोग्बालाई स्वदेश फर्काउने लक्ष्य राखेको छ ।
सन् २०१६ मा युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड पुगेका पोग्बा यो सिजनको अन्त्यसँगै फ्रि एजेन्ट बन्दैछन् । यसअघि पनि फ्रि एजेन्टका रुपमा नै युनाइटेड छोडेर युभेन्टस पुगेका उनलाई म्यानचेस्टर क्लबले मोटो रकम खर्चेर पुन: अनुबन्धन गरेको थियो । तर युनाइटेडमा अपेक्षित प्रदर्शन गर्न नसकिरहेका पोग्बालाई युभेन्टसले फर्काउन चाहेको छ ।
इटालीको प्रतिष्ठित संचार माध्यम ला गजेटा देल्लो स्पोर्टका अनुसार युभेन्टस र पोग्बाका प्रतिनिधिले यसबारे प्रारम्भिक छलफल गरिसकेका छन् । पोग्बाका एजेन्ट मिनो रायोलाको निधनसँगै राफाएला पिमेन्टाले उनको प्रतिनिधित्व गर्दैछन् ।
त्यसो त सम्झौताबाट मुक्त हुन लागेका पोग्बासँग अन्य विकल्प पनि छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले पनि उनलाई अनुबन्ध गर्ने संकेत देखाएको छ । युभेन्टसको तुलनामा पिएसजीले मोटो रकम प्रस्ताव गर्ने हुनाले पोग्बाको निर्णय नै अन्तिम हुनेछ । पिएसजी फ्रान्सेली खेलाडीलाई यस सिजन आफ्नो मुख्य ट्रान्सफरको रुपमा ल्याउन चाहन्छ ।
म्यानचेस्टर सिटीले पनि पोग्बा अनुबन्ध गर्नेबारे इंग्लिस मिडियामा चर्चा रहेको थियो । तर पोग्बाले प्रिमियर लिग बाहिर खेल्ने भनेपछि पिएसजी र युभेन्टस नै सम्भावित गन्तव्यका रुपमा अघि आएका छन् । गत सिजनसम्म रियल म्याड्रिडले पनि पोग्बालाई अनुबन्ध गर्ने सोचेको थियो । तर जिनेदिन जिदानको प्रस्थान र कामाभिंगाको आगमनसँगै त्यो चर्चा सेलाएको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]