default_image

3 years ago

May 15, 2022

शीर्षस्थानको सिटी रोकियो

189 views

0 Bookmark

एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । दुई गोलले पछि परेको सिटीले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि वेस्ट ह्याम युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको हो ।

लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्यामका लागि दुवै गोल जारोड बोवेनले गर्दा सिटीका लागि ज्याक ग्रेलिसले एक गोल तथा एक गोल उपहार पाएको थियो ।

खेलको २४औं मिनेटमा पाब्लो फोर्नाल्सको पासमा बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा बोवेनले मिचेन एन्टोनियोको पासमा व्यक्तिगत र टोलीका लागि गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिए । उनले रोड्रीको पासमा गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा भ्लादिमिर कोउफलले आत्मघाती गोल गरेपछि सिटी हारबाट जोगियो ।

८६औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण मौका खेर फाल्दा सिटी जितबाट वञ्चित बन्यो । रियाद महारेजको पेनाल्टीलाई वेस्ट ह्यामका गोलरक्षक लुकास्ज फाविएन्स्कीले बचाउँदै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको सिटीले अग्रता फराकिलो बनाउने अवसर गुमाउँदा दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ ।

सिटीको ३७ खेलबाट ९० अंक तथा दोस्रो स्थानमा रहेको लिभरपुलको ८६ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ । वेस्ट ह्याम ५६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

त्यसअघि फरवार्ड ह्यारी केनको पेनाल्टी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको थियो । टोटेनहमले घरेलु मैदानमा बर्नलेलाई १–० ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना जीवित राख्यो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार साँझ भएको खेलमा घरेलु टोलीले ६९ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोलको लागि पेनाल्टीकै सहारा लिनुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । एस्ले बार्नेसले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै टोटेनहमलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।

त्यसपछि दोस्रो हाफमा पनि टोटेनहमले लगातार दवा सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफमा केनले गरेको पेनाल्टी गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।

यो महत्वपूर्ण जितसँगै टोटेनहमको ३७ खेलबाट ६८ अंक जोडेर चौथो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ । पराजित बर्नले ३४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.