default_image

2 years ago

May 16, 2022

प्रिमियर लिग : रेलिगेसन छिनोफानो अन्तिम खेलमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजन घटुवा हुने दुई टोलीको टुंगो लागिसकेको छ । नर्विच र वाटफर्ड पुछारमा रहेर रेलिगेसनमा पर्दा तेस्रो टोलीको निर्णय भने अन्तिम दिनको खेलबाट हुने पक्का भएको छ । रेलिगेसन हुने तेस्रो टोलीमा तीन टोलीको सम्भावना रहेको छ । हाल एभर्टन ३६ अंकसहित १६ औं, लिड्स ३५ अंकसहित १७ […]

79 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजन घटुवा हुने दुई टोलीको टुंगो लागिसकेको छ । नर्विच र वाटफर्ड पुछारमा रहेर रेलिगेसनमा पर्दा तेस्रो टोलीको निर्णय भने अन्तिम दिनको खेलबाट हुने पक्का भएको छ ।

रेलिगेसन हुने तेस्रो टोलीमा तीन टोलीको सम्भावना रहेको छ । हाल एभर्टन ३६ अंकसहित १६ औं, लिड्स ३५ अंकसहित १७ औं तथा बर्नली ३४ अंकसहित १८ औं स्थानमा छ । अन्तिम खेलपछि १८ औं स्थानमा रहने टोली वाटफर्ड र नर्विचसँगै दोस्रो श्रेणीमा झर्नेछन् । तर बर्नली र एभर्टनले अन्तिम दिनको खेलअघि १-१ खेल खेल्न बाँकी रहेको छ ।

विहीबार हुने खेलमा एभर्टनले क्रिस्टल प्यालेसको अतिथ्यता गर्नेछ । उक्त खेलमा जित हासिल गरे एभर्टनले प्रिमियर लिगको यात्रालाई निरन्तरता दिनेछ । हुन त फ्रान्क लाम्पार्ड प्रशिक्षक रहेको एभर्टनले आइतबार भएको खेलमा ब्रेन्टफर्डलाई हराएको भएपनि सुरक्षित हुने थियो । तर दुई पटक अग्रता लिएपनि टोलीले ३-२ को हार बेहोर्न पुग्यो ।

बर्नलीले पनि विहीबार हुने खेलमा एस्टन भिल्लाको सामना गर्दैछ । आइतबार टोटेनहम हट्सपरविरुद्ध १-० को हार बेहोरेको टोली यस खेलमा पराजित भए अन्तिम खेलमा अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ । लिड्सले आइतबार अन्तिम मिनेटमा बराबरी गरेपछि बर्नलीलाई उछिनेको थियो ।

प्रिमियर लिगको अन्तिम खेलमा एभर्टनले आर्सनलसँग खेल्नेछ । त्यस्तै लिड्सले ब्रेन्टफर्ड र बर्नलीले न्युकासल युनाइटेडको सामना गर्नेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.