3 years ago
May 15, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले रेलिगेसनमा परिसकेको वाट्फोर्डमाथि सानदार पूनरागमन जित निकालेको छ ।
लेस्टरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर वाट्फोर्डलाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो । लेस्टरको जितमा जेमी भार्डी र हार्भे बार्नेसले समान दुई तथा जेम्स म्याडिसनले एक गोल गरे । वाट्फोर्डका जोओ पेड्रोको गोल सान्त्वना बन्यो ।
भिकारेज रोड वाट्फोर्डमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा जोओ पेड्रोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई घरेलु टोलीले जोगाउन सकेन । १८औं मिनेटमा जेम्स म्याडिसनले युरी टिलेमान्सको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२२औं मिनेटमा जेमी भार्डीले जेम्स म्याडिसनको पासमा गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । ४६औं मिनेटमा हार्भे बार्नेसले मार्क अल्ब्राइटनको पासमा गोल गरेपछि लेस्टर खेलमा ३–१ ले अघि बढ्यो ।
७०औं मिनेटमा जेमी भार्डीले हार्भे बार्नेसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लेस्टर फराकिलो जिततर्फ अग्रसर बन्यो । ८६औं मिनेटमा हार्भे बार्नेसले जेम्स म्याडिसनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दे लेस्टरलाई सानदार पूनरागमन जित दिलाए ।
यो जितसँगै लेस्टर ३६ खेलबाट ४८ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित वाट्फोर्ड २३ अंक जोडेर १९औं स्थानमा रहेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]