3 years ago
May 16, 2022
एजेन्सी – दुई शहरी प्रतिद्धन्द्धी एसी मिलान र इन्टर मिलानले सफलता हात पारेपछि इटालियन सिरी ‘ए’ को उपाधि होड रोमाञ्चक बन्दा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ ।
आइतबार राति शीर्ष दुईमा रहेर उपाधि होडमा रहेको एसी मिलानले एटलान्टालाई तथा इन्टर मिलानले क्याग्लिएरीलाई पराजित गरेपछि उपाधिको छिनोफानो अन्तिम खेलबाटै लाग्ने भएको हो ।
अब अन्तिम खेलमा मिलानले सस्सुलोसँग तथा इन्टरले साम्पडोरियासँग खेल्दैछ । दुवै टोलीलाई च्याम्पियन बन्न जितको खाँचो छ । दुवै टोलीले बराबरी खेलेको अवस्थामा मिलान च्याम्पियन बन्नेछ । मिलान बराबरीमा रोकिदा इन्टरले सफलता हात पारे गोलअन्तर र हेड टु हेडमा छिनोफानो हुनेछ ।
घरेलु मैदानमा एसी मिलानले एटलान्टालाई २–० ले पराजित गर्दा राफय लियो र थियो हर्नान्डेजले गोल गरे । मिलानोमा भएको खेलको ५६औं मिनेटमा राफायल लियोको गोलबाट मिलानले अग्रता लिदा ७५औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाउँदै उपाधि यात्रा जीवितै राखे ।
जितसँगै शीर्षस्थानमा रहेको मिलानको ३७ खेलबाट ८३ अंक पुगेको छ । मिलानले दोस्रो स्थानको इन्टरलाई २ अंकले पछि पारेको छ । पराजित एटलान्टा ५९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्काे खेलमा इन्टर मिलानले घरेलु टोली क्याग्लिएरीमाथि ३–१ को जित निकाल्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा माटियो डारमिएनले एक गोल गरे । क्याग्लिएरीका चारालाम्वसले एक गोल फर्काए ।
यो जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको ८३ अंक पुगेको छ । क्याग्लिएरी २९ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]