default_image

2 years ago

May 16, 2022

डिबालाले युभेन्टस छाड्ने

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । युभेन्टससँग सम्झौता नविकरण नगरेका उनले क्लब छाड्ने घोषणा गरेका हुन् । २८ वर्षीय फरवार्डले युभेन्टसका लागि २ सय ९१ खेल खेल्दै १ सय १५ गोल गरेका छन् । उनले यस सिजान ३७ खेलमा १५ गोल गरे । सन् २०१५ […]

119 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । युभेन्टससँग सम्झौता नविकरण नगरेका उनले क्लब छाड्ने घोषणा गरेका हुन् ।

२८ वर्षीय फरवार्डले युभेन्टसका लागि २ सय ९१ खेल खेल्दै १ सय १५ गोल गरेका छन् । उनले यस सिजान ३७ खेलमा १५ गोल गरे । सन् २०१५ मा पालेर्मोबाट आएका उनले युभेन्टससँग कुल १२ उपाधि जिते । ५ पटक लिग उपाधि जितेका उनले आफ्नो नयाँ क्लबबारे भने केहि भनेका छैनन् ।

‘भोली यो जर्सीमा मेरो अन्तिम खेल हुनेछ । मलाई सोच्न पनि कठिन भएको छ, तर यो मेरो बिदाइ हुनेछ,’ डिबालाले भने , ‘यो सहज हुने छैन । म मुस्कानका साथ मैदान प्रवेश गर्नेछु र टोलीका लागि सदाझैं भिड्नेछु ।’

‘समर्थकलाई धन्यवाद भन्न सहि शब्द मसँग छैन । यो समयमा हामीले निकै राम्रो सम्झना बनाएका छौं । मैले अझ धेरै समय बिताउन चाहेको थिएँ, तर भाग्यले हामीलाई अर्कैतर्फ डोर्याए । मैले यहाँ हुर्किएँ, सिकें, बाँचे र सपना देख्न सिकेको छु,’ उनले थपे ।

डिबालाको नाम सन् २०१९ मा इंग्लिस क्लब टोटेनहम हट्सपर र म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो । त्यसबेला युभेन्टसले उनलाई बेच्न मानेको थिएन । यस सिजन युभेन्टस लिगको चौथो स्थानमा रहयो । क्लबले ७ खेलमा हार्दा ९ खेल बराबरीमा सकिएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.